site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी सरकारविरुद्ध प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेश सरकारविरुद्ध नयाँ गठबन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संकल्प प्रस्ताव दर्ता गरेका छन् । सोमबार कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई दुई दलले संकल्प पत्र हस्तान्तरण गरे ।

वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने बेहोरासहितको संकल्प प्रस्ताव दर्ता गरिएको एमाले कोसी संसदीय दलले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राजीनामा नदिए वा विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बेहोरा संकल्प प्रस्तावमा उल्लेख गरिएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधिनमा रही सोही नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको जनाइएको छ ।

नियमावलीको नियम ७१ बमोजिम संकल्प प्रस्तावको सूचना प्रदेशसभामा दिएको प्रस्तावका समर्थक पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले बताए । 

Global Ime bank

एमाले र माओवादीका ५२ जना सांसदको समावेदनको आधारमा प्रदेश प्रमुखले वैशाख ६ गतेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । 

Kos1-1713182925.jpg

Kos2-1713182925.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय