अर्थ व्यवसाय
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक सोमबार ०.८३ प्रतिशतले घटेको छ । नेप्से १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा पुगेको छ ।
यस दिन ७२ लाख २३ हजार ७७३ कित्ता सेयर दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँमा किनबेच भएको छ ।
सोमबार सबै उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक १.५९ प्रतिशतले घटेको छ ।
माछापुच्छ्रे डिबेन्चर २०८७ को सेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशतले बढेको छ । यस्तै, मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०५ प्रतशितले घटेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ १५:२१
प्रतिक्रिया दिनुहोस्