site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २५ सय सहभागी हुने 

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा करिब २५ सय सहभागी हुने भएका छन् ।

आइतबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सो बैठकमा दुई हजार १५३ महाधिवेशन प्रतिनिधि, महाधिवेशनपछि थपिएका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, पार्टीको निर्वाचन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी गरी २५ सय सहभागी हुने जानकारी दिए ।

Argakhachi Cement Island Ad

परिषद्को बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे बस्नेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै, चार आयोगका प्रतिवेदन प्रस्तुत गरिने उनले जानकारी दिए ।

यसैगरी, एमालेले वैशाख १० गते पार्टी स्थापनाको ७५औँ वर्ष पूरा भएर ७६औँ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम गर्दै छ । कार्यक्रममा इतिहास समेटिएको डकुमेन्ट्री प्रस्तुत गरिने, देशका प्रमुख राजनीतिक दलका नेताले सम्बोधन गर्ने उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्