अर्थ व्यवसाय
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा झरेको छ ।
यस दिन ३२० धितोपत्रका ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँमा किनबेच भयो ।
१३ उपसमूहमध्ये चारवटाको समूहगत समूहगत सूचक बढ्यो । बाँकी नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१ १५:३९
प्रतिक्रिया दिनुहोस्