site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम प्रदेशको ‘राजनीतिक कम्प’ : केन्द्रमा गठबन्धनका शीर्ष नेताको बैठक
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सरकार गठन राजनीतिक खेलका कारण अन्योलमा परेको छ । नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिने गरी सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउन लागिपरे पनि गएको शुक्रबारदेखिको प्रयास सफल हुन सकेको छैन ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता चौधरीले शुक्रबार नै कैलाश चौधरी मुख्यमन्त्री बन्ने बताएकी थिइन् । तर, नेकपा (एकीकृत समाजवादी)को असहमति र नाउपाकै रेशम चौधरी पक्षको असहयोगका कारण प्रदेश प्रमुख नजिर मियाँले दिएको मिति गुज्रनै लाग्दा समेत सरकारको खाका अनिश्चित भएको हो ।

कामचलाउ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कमलबहादुर शाहको अगुवाइमा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको चौधरी पक्षबीच समझदारी गरेर नाउपाकै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको छ । उनीहरूको सहमतिको विषय सार्वजनिक भएसँगै नागरिक उन्मुक्तिका विषयमा निर्णय गर्ने आधिकारिक निकायको बहस सुरु भएको छ ।

गएको शुक्रबार नै नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट तीन महिनाका निम्ति निलम्बन गरिएको थियो । तर, उनी सांसद हुँदा रन्जीता पक्षमा नउभिने देखिएपछि नाउपाले सांसदबाटै निलम्बित गरेको अर्को पत्र सभामुखलाई पठाएको छ । उक्त पत्रको कार्यान्वयनलाई लिएर प्रदेशसभाका सभामुख नै अन्योलमा परेका छन् ।

उक्त पत्रसँगै संसदीय दलको नेता दलले छान्ने/हटाउने कि केन्द्रीय समितिले भन्ने बहस पनि सुरु भएको छ । नाउपाको विधानमा संसदीय दलको विधान केन्द्रीय समिति बैठकबाट अनुमोदन भएपछि लागु हुने भनिएकामा अहिलेसम्म अनुमोदन नै नभएको पाइएको छ ।

“नागरिक उन्मुक्ति पार्टीको विधानानुसार संसदीय दलको विधान केन्द्रीय समितिबाट पारित भएपछि मात्र लागु हुने व्यवस्था रहेछ । तर, अहिलेसम्म संसदीय दलको विधान पारित नहुँदा मस्यौदाकै भरमा नाउपा चलिरहेको रहेछ,” नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य ओमविक्रम भाटले बाह्रखरीसित भने, “त्यसैले अब कुन विधान र कुन नेताको ह्वीप लागु हुन्छ भन्ने नै अन्योल बढेको छ ।”

उनले वैधानिक अन्योलमा नाउपा एक ठाउँ नउभिँदा नेपाली कांग्रेससहितको वैकल्कि गठबन्धनमा भएको समझदारी के हुन्छ भन्ने अन्योल बढेको बताए । “यहाँ अन्योल बढेपछि के गर्ने भनेर काठमाडौंमा शीर्ष नेताहरूको बैठक सुरु भएको छ । त्यहीँबाट निकास निकाल्ने काम होला,” भाटले भने, “अहिले उनीहरू (वैकल्पिक गठबन्धन)ले बहुमत पुर्‍याएको चर्चा चल्न थालेको छ ।”

कांग्रेसका १८ प्रदेशसभा सदस्यसहित एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिका तीन सांसदबीच भएको समझदारीमा राप्रपा समेत सामेल भएको दाबी गरिएको छ । कांगेसकी प्रदेशसभा सदस्य ललिता सुनारले प्रदेश प्रमुखले दिएको समयभित्रै आफूहरूले मुख्यमन्त्रीमा दाबी पेस गर्ने र नयाँ सरकार बन्ने जिकिर गरिन् ।

“मुख्यमन्त्रीले दिएको समभयभित्रै दाबी पेस हुन्छ र भोलि (सोमबार)सम्म नयाँ सरकार बनिसक्छ,” सुनारले भनिन्, “सुदूरपश्चिममा अस्थिरता ल्याएर गठबन्धनको स्वार्थको रोटी सेक्ने प्रयास भएको हो, जुन सफल हुँदैन, ढुक्क हुनुहोस् ।”

उनले नागरिक उन्मुक्तिका संसदीय दलका नेतासहितको टिम कांग्रेस नेतृत्वको गठबन्धनमा रहने र नाउपाकै लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री बन्ने बताइन् ।

सदूरपश्चिममा अर्कै गठबन्धन बन्न लागेपछि केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफल थालेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितलाई बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम सरकारका विषयमा छलफल गरिरहेका छन् । यही छलफलका कारण दिउँसो १ बजेका निम्ति डाकिएको एमाले सचिवालय बैठक अध्यक्ष ओलीले ३ बजेका लागि सारेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro