site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु
फाइल तस्बिर : रोयटर्स ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

क्वेटा । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।

स्थानीय समयानुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की सहरनजिकै ६ बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह बख्शले एएफपीसँग भने, “राजमार्गबाट दुई किलोमिटर टाढा गोली लागेको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।”

आक्रमणकारीले पछि प्रान्तीय सांसदको कारलाई लक्षित गरी गोली चलाएको बख्शले बताए । गोली चल्दा गाडीमा सांसद नरहेको बुझिएको छ । “आक्रमणपछि कार सडकनजिकैको खाल्डोमा खस्दा दुईजनाको मृत्यु भएको होे,” उनले भने ।

Royal Enfield Island Ad

नौश्की जिल्ला प्रशासनका वरिष्ठ अधिकारी हबिबुल्लाह मुसाखाइलले भने, “प्रहरी र अर्धसैनिक बलले आक्रमणकारीलाई पक्राउ गर्न त्यस क्षेत्रमा खोजीकार्य सुरु गरेका छन् । तर, आक्रमणकारी यसपटक त्यस क्षेत्रबाट भाग्न सफल भएका छन् ।”

बख्शले बन्दुकधारीले ‘बलोच पृथकतावादीको कार्यप्रणाली स्पष्ट रूपमा प्रयोग गरेको’ र आक्रमणको पछाडि कसको हात थियो भन्ने पुष्टि गर्न अनुसन्धान सुरु गरिएको बताए ।

पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादीले दशकौँ लामो विद्रोह गर्दै आएका छन् । लडाकुले विगतमा पाकिस्तानका अरू स्थानका जातीय पञ्जाबी र सिन्धीहरूलाई लक्षित गरेका थिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro