site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घुम्नुपर्ने दोलखाका ठाउँहरू
Sarbottam CementSarbottam Cement

दोलखा केन्द्रीय राजधानीबाट नजिक र तराईका जिल्ला तथा छिमेकी मुलुक भारतका बिहार, पश्चिम बंगाल र सिक्किमको पनि सहज पहुँचमा छ । दोलखा प्रवेश गर्ने मुख्य दुईवटा मार्ग छन् । अरनिको राजमार्ग–खाडीचौर हुँदै राजधानीबाट चार/पाँच घण्टामा पुग्न सकिन्छ । सिन्धुली–रामेछाप पुष्पलाल राजमार्ग हुँदै तराईबाट तीन/चार घण्टामा पुग्न सकिन्छ । पहाडी र हिमाली  शृंखला, हरियाली वातावरण, मनोरम हावापानी, धार्मिकस्थल, पहाडी गाउँबस्तीको बेजोड संगम हो, दोलखा । यो ठाउँ घुम्दा खर्च गरेको पैसाभन्दा सन्तुष्टि बढी हुनेछ । विदेश घुमेको फोटो पोस्ट गर्ने र गौरव गर्नेलाई दोलखाले त्योभन्दा बढी नै रोमाञ्चक र आनन्दको महसुस गराउनेछ ।

कालिञ्चोक

प्राकृतिक र धार्मिक दुवै छटाले भरिएको ठाउँ हो, कालिञ्चोक । चरिकोटबाट हिँडेर चार/पाँच घण्टा वा मोटरगाडीको एक/डेढ घण्टाको यात्रापछि पुग्न सकिन्छ । समुद्री सतहबाट तीन हजार ८४२ मिटरमा रहेको यो ठाउँमा पैदलयात्रा गर्दाको रमाइलो अतुलनीय हुन्छ । चुचुरोमा रहेको कालिञ्चोक भगवतीको दर्शन गरेर आत्मसन्तुष्टि लिन सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

IMG_20240409_134446-1712982699.jpg
त्योभन्दा बढी सन्तुष्टि उत्तरतिर फर्केर हेर्दा देखिने हिमाली शृंखलाले दिनेछ । व्यक्तिले आफूलाई हिमालको चुचुरोमा भएको अनुभूति गर्छ । कुरी बजारबाट एक घण्टाको नाक ठोक्किने उकालो वा केबलकारको यात्राबाट मन्दिर पुग्न सकिन्छ । हिउँ परेको बेला हिउँसँगको साक्षात्कार अझ अनुपम हुनेछ ।

दोलखा भीमसेन
ठूलो र गह्रौँ सामान उठाउँदा ‘बल देऊ भीमसेन’ भन्ने चलन छ । आदिकालमा के कसरी ती भीमकाय अग्ला ढुंगा ठड्याउन सके होलान् ? आश्चर्य  लाग्छ ! सदरमुकाम चरिकोटबाट हिँडेर आधा घण्टा र गाडीबाट १०/१५ मिनेटमा दोलखा भीमेश्वर पुग्न सकिन्छ । भीमेश्वर र नजिकै रहेकी  त्रिपुरासुन्दरीको दर्शन गरी मनोकामना पूरा गर्न सकिन्छ । देशमा जब जब संकट आउँछ, त्यस बेला भीमसेनको मूर्तिमा पसिना आउँछ भन्ने जनविश्वास छ । त्यसैले भीमसेनलाई संकटसूचक भगवान्का रूपमा लिइन्छ । हरेक ठूला घटनाको अगाडि भीमेश्वरलाई पसिना आएको छ । संयोग वा अरू केही खोजीको विषय हो । दोलखा भीमसेन आफ्नै सवारीसाधन वा सार्वजनिक सवारीसाधनबाट सजिलै पुग्न सकिन्छ । बसोबासका लागि दोलखा बजार वा चरिकोट दुवै सहज छन् । दोलखा भीमेश्वर आसपासबाट देखिने ग्रामीण  बस्ती, प्राकृतिक सुन्दरता र नागबेली परेको तामाकोसी नदीको बयान गरेर साध्य छैन ।

Global Ime bank

शैलुङ
लामोसाँघु–जिरी सडकखण्डको मुडेबजार वा त्रिवेणीधामबाट दुई/तीन घण्टाको कच्ची सडक हुँदै शैलुङ पुग्न सकिन्छ । समुद्र सतहबाट तीन हजार १५० मिटरको उचाइमा रहेको यो स्थानमा हिउँसँग लुकामारी खेल्दाको अनुभव बेजोड हुनेछ । सयवटा स–साना थुम्काको प्राकृतिक मनोरम बेजोड छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काभ्रे जिल्लाको संगमस्थल हो यो । प्रकृतिको अनुपम वरदान देखेर कुन्ती मोक्तानले ‘माथि माथि शैलुङेमा चौँरी डुलाउनेलाई’ भन्ने गीत गाएको हुनुपर्छ । शैलुङको टुप्पोबट उत्तर फर्केर  रोल्वालिङ हिमशृंखला आँखाअगाडि देख्न्न सकिन्छ ।

IMG_20240409_134653-1712982742.jpg
शैलुङको टुप्पोमा रहेको भ्यु टावरबाट दोलखा, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकका ग्रामीण बस्ती र त्यहाँको जनजीवन सजिलै अवलोकन गर्न सकिन्छ । चौँरीसँग सेल्फी खिच्न, दूध र छुर्पीको स्वाद लिन पाइनेछ । मुडेको आलु र त्यसको परिकारको त कुरै छोडौँ ! शैलुङ ‘मिनि ग्रेटवाल’बाट प्रकृतिको अवलोकन सजिलै गर्न सकिन्छ । वर्षायामको यात्रा केही असहज भए पनि हिउँदे यात्रा अत्यन्त रमणीय  हुनेछ ।

जिरी उपत्यका 
काठमाडौंबाट खाडीचौर, चरिकोट हुँदै १८६ किलोमिटरको यात्रा वा बीपी राजमार्गको (मोडैमोड) खुर्कोटखण्डबाट मन्थली हुँदै जिरी पुग्न सकिन्छ । भीरकोट–छौडेबजार हुँदै जिरी पुग्ने अर्को वैकल्पिक बाटो पनि छ । स्वीट्जरल्यान्डको जुरिच उपत्यकासँग मिल्दोजुल्दो भएकाले यसलाई ‘नेपालको स्वीट्जरल्यान्ड’ भनिन्छ । सगरमाथा प्रवेशको द्वार भएकाले विदेशीहरू यही बाटोबाट सगरमाथा जाने गर्दछन् । यो उपत्यका जिरेल जातिको उद्गमस्थल पनि हो । जिरेलहरूको बसोबास भएकाले यसलाई जिरी  भनिएको हो भन्ने भनाइ छ । जिरेलहरूको आतिथ्यता र अनुपम प्राकृतिक छटा यहाँका विशेषता हुन् । स्वीस सरकारको सहयोगमा निर्मित जिरी  टेक्निकल देशकै चर्चित प्राविधिक स्कुल हो, त्यो यहीँ छ ।

IMG_20240409_122205-(1)-1712982900.jpg
 

हनुमन्तेडाँडा 
जिरी नपुग्दै खावाडाँडाबाट हनुमन्तेडाँडा पुग्न सकिन्छ । समुद्र सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको हनुमानको प्राकृतिक स्वरूप र सुन्दर दृश्यहरूको अवलोकन गर्न सकिन्छ । उकालो घुम्ती बाटो र त्यहाँबाट वैतेश्वर, गौरीशंकर र जिरी नगरपालिकाका गाउँबस्तीहरू, बेँसीहरू, टारहरू, वनजंगल देख्न सकिन्छ । ग्रामीण जीवनसँग साक्षात्कार गर्न सकिन्छ ।

च्छो रोल्पा ताल/रोल्वालिङ हिमशृंखला
चरिकोटको उत्तरपट्टि रहेको यो स्थान ट्रेकिङ यात्रा र साहसिक पर्यटनका लागि ज्यादै उत्कृष्ट क्षेत्र हो । काठमाडौंबाट चरिकोट, सिंगटी बजार हुँदै सबैभन्दा ठूलो जलविद्युत् उत्पादन केन्द्र लामाबगरसम्म सवारीसाधनबाट पुग्न सकिन्छ । लामाबगरसम्म पुग्दा भीरपहरा तल बगिरहेको तामाकोसी  नदीले आङ सिरिङ्ङ बनाउँछ । माथि देखिने भीर र त्यहाँबाट खसेका झरनासँग अंकमाल गर्दा कम्ती रमाइलो हुन्न !

IMG_20240409_135246-1712982785.jpg
 

समुद्र सतहबाट चार हजार ५८० मिटरको उचाइमा रहेको च्छो रोल्पा ताल सबैभन्दा ठूलो हिमताल हो । ३.४५ किलोमिटर लामो ताल फुट्ला कि भनेर सरकारले विभिन्न दाताको सहयोगमा यसको पानी बाहिर निकालेको थियो । कुनै बेला यो हिमताल फुट्ने आशंकाले भारतको बिहारसम्म आतंकको स्थिति थियो । साहसिक पर्यटन गर्न रुचाउनेका लागि च्छो रोल्पा ताल र आसपासको रोल्वालिङ उपत्यका रमाइलो यात्रास्थल हुनसक्छ । गौरीशंकर संरक्षण क्षेत्र पर्ने हुनाले जताततै होटेल, लजहरू भेटिँदैन । लामबगरपछिको खानपिन र बसोबास यात्रामा निस्कनेले आफैँले त्यसको व्यवस्था गर्नुपर्ने हुनसक्छ । वास्तविक संसारको अनुभूति उक्त यात्राले दिनेछ ।

त्रिवेणीधाम/चर्नावती
नयाँ पुलबजारको नजिक (चरिकोटबाट २० किलोमिटर दक्षिण) त्रिवेणीधाम  अवस्थित छ । तामाकोसी, चर्नावती र गोपिनीगंगा तीन नदीको मिलनस्थल हो यो । शैलुङबाट पनि कच्ची बाटो हुँदै आउन सकिन्छ । बालाचतुर्दशीका दिन भव्य मेला लाग्छ । यस क्षेत्रको भ्रमण गरी आत्मसन्तुष्टि लिन सकिन्छ । नयाँ पुलबजारमा तामाकोसी नदीको स्वादिष्ट माछाको स्वाद लिन पाइन्छ । शैलुङ, भीमेश्वर वा जिरीको यात्रा गर्ने जोकोहीले एकाध घण्टाको समय निकालेमा पुग्न सकिन्छ ।

वैतेश्वर महादेव मन्दिर
वैतेश्वर गाउँपालिकाको मुकाम प्राचीन पाँडे राजाहरूको राज्य पाडुडाँडानजिक रहेको धार्मिकस्थल समस्त हिन्दुहरूको आस्थास्थल हो । जिरी यात्राका क्रममा एक घण्टा समय निकालेर वैतेश्वर महादेवको दर्शन गर्न सकिन्छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर साँच्चिकै एकपटक पुग्नुपर्ने स्थल हो । मन्दिरको बगलबाट निरन्तर बग्ने चार धाराले बैतीलगायत दाहालटार बेँसीसम्म सिँचाइ हुन्छ । मन्दिर परिसरबाट निस्केका चार धारामा एउटै गतिमा हिउँद, वर्षामा जलप्रवाह हुन्छ । यो अनौठो हो ।

खरिढुंगा
दोलखा र सिन्धुपाल्चोकको सिमानामा यो रमणीयस्थल समुद्र सतहबाट दुई हजार ५४० मिटर उचाइमा अवस्थित छ । काठमाडौंबाट अरनिको राजमार्गको खाडीचौरखण्डबाट उकालो र मोडैमोडको यात्रापछि खरिढुंगा पुगिन्छ । बाटोमा पर्ने हुनाले यो रमणीयस्थल पुग्न छुट्टै समय खर्च गर्नु पर्दैन । सदा चिसो मौसमको अनुभूति गर्न सकिन्छ यहाँ । नेपालकै ठूलो  म्याग्नेसाइटको खानी अस्थिर राजनीतिका कारण बन्द छ । कुनै बेला फिल्म सिटी बनाउने प्रचार गरिएको ठाउँ पनि यहीँ छ । फिल्म तथा म्युजिक  भिडियोमा यस क्षेत्रको दृश्य समेटिएको पाइन्छ । सिन्धुपाल्चोक र दोलखाका अधिकांश क्षेत्र यहीँबाट सजिलै देख्न सकिन्छ । यहाँ बस्दा हिमालको काखमा बसेको अनुभूति हुन्छ ।

यसबाहेक बिगु गुम्बा, चरिकोट बजार, लामाबगर हेर्न, छुटाउन नहुने ठाउँहरू हुन् । लामाबगरमा नेपालकै ठूलो (४५६ मेगावाट) माथिल्लो तामाकोसीको विद्युत् उत्पादनगृह छ । तिब्बतसँग व्यापार हुने प्राचीन नाका पनि हो । यस्ता अनगिन्ती धार्मिक र प्राकृतिक छटाले भरिएको दोलखाको यात्रा गरेर रमाउन सकिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement