site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बितेको वर्ष विक्रम संवत् २०८० साल नेपालीका लागि खासै उत्साहप्रद रहेन । देशभित्र आर्थिक, सामाजिक, राजनीतिक कुनै क्षेत्रमा पनि सन्तोष गर्न सकिने उपलब्धि भएन । 

इजरायलमा भएको हमासको आक्रमणमा बन्धन बनाइएका नेपाली युवा अहिलेसम्म बेपत्ता नै छन् । यस्तै, अवैधरूपमा रुस पुर्‍याएर ललाइफकाइ सेनामा भर्ती गरी युक्रेनमाथि हमला गर्न पठाइएका नेपाली युवाका सम्बन्धमा पनि रुसले देखाएको उपेक्षा पनि नेपालका लागि चिन्ताको विषय बनिरह्यो । 

भ्रष्टाचारका केही काण्डमा ‘ ठूला माछा’  कारबाहीको फन्दामा पर्दा जनसाधारणमा केही उत्साह देखिएको थियो । परन्तु, बिस्तारै कारबाही  ठूलाबडाले आफ्नै ‘ खोरमा पालेको बोकाको बलि’  दिएको सन्देह सिद्ध हुँदैगएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधि सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाएको ‘ सहकारी ठगी’ को विषयमा छानबिन समिति बनाउन सरकार तयार भएन । त्यसो त कांग्रेसले  सत्तामा हुँदासम्म सहकारी ठगीको विषय खासै उठाएको देखिएन । 

दुवै पक्षका ‘ भ्रष्टाचार’  भ्रष्टाचार विरोधी वाचा ‘ हात्तीको दाँत’  साबित भयो । यसले पनि बितेको वर्ष सुशासनका भोका नेपालीका लागि सन्तोषजनक भएन । 

Global Ime bank

संसद् अधिकांश समय अवरुद्ध रह्यो भने प्रधानमन्त्रीलगायतका राजनीतिक नेताहरू ‘ उथलपुथल’ मै व्यस्त रहे । राष्ट्रका हितमा सिन्को भाँचेको पनि देखिएन ।

सबै बिग्रियोमात्र भनेर निराश हुनुपर्ने अवस्था भने छैन । ओरालो लाग्नै लागेको अर्थतन्त्र जसोतसो तङ्ग्रिन खोज्दैछ । यद्यपि, अर्थतन्त्र थामिनुमा सरकारभन्दा समय र निजी क्षेत्रको योगदान धेरै छ ।

 नेपाल अब ‘श्रीलङ्का’  बन्ने बाटामा छैन । राज्यले थोरैमात्र पनि उदार नीति अपनाउने हो भने निजी क्षेत्रका उद्यमी व्यवसायीले अर्थतन्त्रलाई उकालो लगाउने अपेक्षा गर्न सकिन्छ ।

नेपालमा सञ्चार माध्यम आर्थिकरूपमा सङ्कटकै घेरामा भए पनि छिमेकी देशहरूका तुलनामा स्वतन्त्र र निर्भीक छ । सम्भवतः यही कारणले राजनीतिक दलका नेताहरू सञ्चार माध्यमसँग बढी नै चिढिएका हुन् । 

सत्ताधारीहरूबाट संविधान मिच्ने प्रवृत्ति त कायमै भए पनि न्यायालयले नागरिकको अधिकारको रक्षा गर्ने भरोसा पनि बाँकी नै छ । यसैले आउने वर्ष २०८१ साल प्रगति र समृद्धिको वर्ष हुने अपेक्षा गर्न सकिन्छ ।

नयाँ वर्ष २०८१ बाह्रखरीका पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मीहरूलगायत सम्पूर्ण नेपालीका लागि सुख, समृद्धि र सुस्वास्थ्यको वर्ष बनोस् यही शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय