site stats
बाह्रखरी :: Baahrakhari
देश
गैरकानुनी रूपमा बसिरहेका तीन बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । गैरकानुनी तवरले नेपालमा बसिरहेका तीन बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गएको बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा २७ वर्षीय राना अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाजहान छन् । उनीहरू भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसिरहेका थिए । ठमेल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका निम्ति अध्यागमन विभागमा पठाइएको प्रहरीले जानकारी गराएको छ ।

यसअघि पनि पाँच बंगलादेशी नागरिक पक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्