site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिसा सकिएपछि पनि नेपालमै बसिरहेका पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । भिसाको अवधि सकिएपछि पनि नेपाल बसिरहेका पाँचजना बंगलादेशका नागरिक पक्राउ परेका छन् । विभिन्न मितिमा नेपाल प्रवेश गरेर गैराकानुनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro