site stats
बाह्रखरी :: Baahrakhari
देश
विश्व पौडेलको रिट दरपिठविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा
फाइल तस्बिर ।

काठमाडौं । विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने रिट दरपिठविरुद्धको निवेदन न्यायाधीश सपनाप्रधान मल्लको इजलासमा परेको छ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटलाई सर्वोच्चले गएको शुक्रबार दरपिठ गरिदिएको थियो । दरपिठविरुद्ध उनीहरूले सोमबार निवेदन दर्ता गरेका थिए ।

न्यायाधीश मल्लको इजलासमा अहिले त्योभन्दा अघिल्लो मुद्दामा सुनुवाइ चलिरहेको छ । दरपिठविरुद्धको निवेदनमा खाजा ब्रेकपछि पालो आउनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्