site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी आक्रमणको आशंका : इजरायलमा अमेरिकी कर्मचारीलाई यात्रामा प्रतिबन्ध
Global Ime bank

काठमाडौं । इरानले गर्न सक्ने सम्भावित आक्रमणको चिन्ताबीच अमेरिकाले इजरायलमा रहेका आफ्ना कर्मचारीलाई यात्रामा प्रतिबन्ध लगाएको छ । इजरायलस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई ग्रेटर जेरुसेलम, तेल अभिव र बेरशेबा क्षेत्रमा यात्रा नगर्न भनेको हो ।

दूतावासले महत्त्वपूर्ण चेतावनी भन्दै आफ्ना कर्मचारीलाई नघुम्न निर्देशन दिएको छ ।

सिरियास्थित इरानको वाणिज्य दूतावासमा ११ दिनअघि आक्रमण गरिएको थियो । १३ जनाको ज्यान जाने गरी इजरायलले गरेको उक्त आक्रमणको बदला लिने इरानले चेतावनी दिएको छ । इजरायलले आक्रमणको जिम्मेवारी भने लिएको छैन । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu