site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ई–सिगरेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ई–सिगरेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई हानि हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ ? भन्दै प्रश्न गरे । 

उनले स्वास्थ्यमा हानि पुर्‍याउने कुनै पनि सामग्रीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको उल्लेख गरे । नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताए । युवाहरू मद्यपान र धूमपानमा बढी भुलिरहेको अवस्थालाई नियन्त्रण गर्न कानुनबाटै निषेध गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले भने, "अहिले ई–सिगरेटमा कुरा भएकाले यसलाई आयातमा रोक लगाऔँ । यसलाई पूर्ण प्रतिबन्ध लगाऔँ । यसको हानि थाहा हुँदाहुँदै पनि देशलाई के फाइदा हुन्छ र आयात गर्नुपर्‍यो ? आयात गर्न दिन, निगरानी गर्ने, मूल्य बढाउने छ । प्रतिबन्ध गरौँ ।"

नेता पौडेलले कानुनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्याहरू समाधान हुने जिकिर गरे 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro