राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले चल्न नदिएर सदन अधिवेशन अन्त्य हुन लागेको जानकारी दिए ।
“अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” उनले सञ्चारकर्मीसँग भने, “कांग्रेसले चल्न नदिएर ।” संसद्मा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राख्दै कांग्रेसले सदन अवरोध गर्दै आएको छ । आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले सदन अधिवेशनको अन्त्यबारे निर्णय लिन सक्ने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० १३:५१
प्रतिक्रिया दिनुहोस्