site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा छिटपुट, केही स्थानमा हल्का वर्षा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । काठमाडौंमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । “सोलुखुम्बु, सिन्धुपाल्चोक, कास्की, म्याग्दीमा हल्का वर्षा भएको छ,” उनले बाह्रखरीसित भने ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा उपत्यकामा पनि हल्कासम्म वर्षाको सम्भावना रहेको उनले बताए । अब (दिउँसो साढे ३ बजे दिइएको जानकारी)को दुई/तीन घण्टा वर्षाको सम्भावना रहेको उनले बताए । “काठमाडौं उपत्यकाका कतैकतै छिटपुट वर्षा भएको छ । हल्कासम्म वर्षा हुनसक्छ,” उनले भने, “ठूलो वर्षाको सम्भावना छैन । पश्चिमी क्षेत्रबाट बादल पूर्वतर्फ सर्ने क्रममा छ ।”

काठमाडौंमा आज ‘ठूलो’ हावाहुरीको पनि सम्भावना नरहेको उनले बताए । पश्चिमी तराईतिर हावाहुरीको सम्भावना रहेको उनको भनाइ छ ।

Global Ime bank

“काठमाडौंमा खासै हावाहुरी हुने स्थिति छैन । पश्चिमी तराईतिर हावाहुरीको सम्भावना छ,” उनले भने ।

देशमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement