site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमा गुगलको आधिकारिक प्रतिनिधि बन्यो मेडियम बाइ अलेफ

काठमाडौं । अलेफ ग्रुपअन्तर्गतको मेडियम बाइ अलेफ कम्पनी नेपालका निम्ति गुगलको आधिकारिक बिक्रेता बनेको छ । योसँगै कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका निम्ति गुगल एडमार्फत प्रभावकारी विज्ञापनमा सहयोग गर्ने जनाएको छ ।

कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतमा सेवा प्रदान गर्ने जनाएको छ ।

Dabur Nepal
NIC Asia

लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउन प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गुगलमा प्रयोगकर्ताले प्रत्येक दिन अर्बौँपटक विभिन्न सामग्री खोजी गर्छन् । गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताका ती रुचि र आवश्यकताअनुसारका सूचना, प्रडक्ट र सेवाका माध्यमबाट उनीहरूसम्मको पहुँच स्थापित गर्न कम्पनीले सहयोगी भूमिका खेल्ने जनाइएको छ ।

सन् २०२१ मा एलडीएम होल्डिङअन्तर्गत स्थापित मेडियम ग्रुप अहिले एसिया प्यासिफिकसँगै मध्यपूर्व र उत्तर अमेरिकाका निम्ति गुगलको प्रतिबद्ध प्रतिनिधि हो ।

अलेफले डिजिटल इकोसिस्टमका क्षेत्रमा काम गरिरहेको जनाएको छ । यसले विश्वका १३० भन्दा बढी देशका गुगल, मेटा, माइक्रोसप्ट, पिनट्रेस्ट, रेडिट, स्न्याप, स्पोटिफाइ, टिकटक, टिवीच, उबर, एक्सजस्ता ४५ भन्दा बढी डिटिजल प्लेटफर्ममार्फत अर्बौँ विज्ञापनदाता र ग्राहकलाई एकापसमा जोड्ने काम गरिरहेको जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro