site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वनस्पति विधेयकलाई छिटै ऐनका रूपमा ल्याउँदै छौँ : मन्त्री सुडी

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनका रूपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा वनस्पति विभागको ६७औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वनस्पति विभागले गरिरहेका काम थप प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याए । तत्काल वनस्पति ऐन आवश्यक रहेको उनले उल्लेख गरे । मन्त्रालयको पहिलो प्राथमिकता पनि प्रस्तावित वनस्पति विधेयकलाई ऐनका रूपमा ल्याउनु रहेको उनले बताए ।

उनले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिइनुपर्नेमा जोड दिए । मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पति दिन प्रतिदिन संकटमा परिरहेको उनले बताए ।

मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पुर्‍याई स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको औँल्याए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro