site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीका कारण नेपालको अर्थतन्त्र सुस्ताएको हो : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताए ।

“नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसद्‌मा सशक्त ढंगले उठाउन खोजेको हो, यो गृहमन्त्रीको विषयमात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो,” उनले भने ।

नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढंगले अगाडि नबढेको उल्लेख गरे । विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजीविकासँग जोड्न उनले आग्रह गरे ।

“जुन संगठनले आफ्नो सैद्धान्तिक मुद्दालाई स्पष्ट ढंगले प्रस्तुत गर्न सक्दैन, त्यो संगठन सामाजिक संगठन हुन सक्दैन,” नेता पौडेलले भने ।

नेविसंघका पूर्वअध्यक्ष समेत रहेका पौडेलले शैक्षिक मुद्दालाई नेविसंघले आफ्नो एजेन्डामार्फत सुत्रबद्ध गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro