देश
काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राअन्तर्गत पहिलो दिन तानिएको भैरवनाथको रथ मर्मत गरिएको छ ।
जात्राको पहिलो दिन प्यागोडा शैलीमा बनाइएको तीनतले भैरवनाथको रथ बिग्रिएपछि मर्मत गरिएको हो । रथको पांग्राको बीचमा हुने चारवटै गलः भाँचिएका कारण रथ मर्मत गरिएको स्थानीयले जनाएका छन् ।
तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्केट जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गरिएको थियो ।
भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते विधिवत्रूपमा सम्पन्न हुनेछ ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १८:३९
प्रतिक्रिया दिनुहोस्