site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माछामासुमा नेपाल आत्मनिर्भर हुनसक्छ : अध्यक्ष नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको जगको रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कृषिक्षेत्र नेपालको अर्थतन्त्रको आधारशिला भएको बताए । 

उनले कृषि, पर्यटन, उद्योग र जल क्षेत्रमा नेपाल सम्पन्न रहेको तर आवश्यक व्यवस्थापन गर्न नसकेको बताए । पूर्वप्रधानमन्त्री नेपालले शिक्षा नीतिमा रहेका समस्याको पनि समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले माछामासुमा नेपाल आत्मनिर्भर हुनसक्ने भए पनि अहिले त्यसतर्फ आवश्यक चासो दिन नसकिएको बताए । उनले कृषकलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताए । 

पूर्वप्रधानमन्त्री नेपालले असल मनशायले काम गर्ने नागरिक उत्साहित हुन नसकेको बताए । देशमा सुशासनको ठूलो समस्या विद्यमान रहेको उनको जिकिर छ । उनले लगानीलाई ठूलो मात्रामा आकर्षित गर्न नसकेको बताए । विद्युतको खपत उद्योगमा बढी हुन जरुरी रहेको उनको धारणा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement