site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा दुई दिन सार्वजनिक बिदा !

काठमाडौं । उपनिर्वाचन हुने प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ–१ ‘क’मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा दुई दिनका निम्ति विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई पत्र पठाउने निर्णय गरिएको उल्लेख छ । आयोगले निर्वाचन व्यवस्थापनका लागि आउँदो वैशाख १३ र १४ गते बिदा दिनुपर्ने माग गरेको हो ।

Dabur Nepal
NIC Asia

“उपनिर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८१/१/१३ देखि मिति २०८१/१/१५ सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मिति २०८१/१/१३ देखि मिति २०८१/१/१४ सम्म दुई दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारमा लेखी पठाउने,” विज्ञप्तिमा भनिएको छ ।

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदै छ ।

योसहित मंगलबार बसेको आयोगको बैठकबाट ६ निर्णय गरिएको छ ।

निर्णयहरू पढ्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro