site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोलकाताको पहिलो हार, चेन्नाईसँग सात विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले पहिलो हार बेहोरेको छ । कोलकाता सोमबार भएको खेलमा चेन्नई सुपर किंग्सविरुद्ध सात विकेटले पराजित भएको हो ।

एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा कोलकाताले प्रस्तुत गरेको १३८ रनको सहज लक्ष्य चेन्नाईले १७.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । चेन्नाईको जितमा कप्तान रितुराज गाइकवाडले ६७ रन बनाए । यस्तै, सिवम दुवेले २८, डार्यल मिचेलले २५ र ओपनर रचिन रवीन्द्रले १५ रन थपे । कोलकाताका वैभव अरोराले दुई र सुनिल नारिनले एक विकेट लिए ।

Dabur Nepal
NIC Asia

त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो । कोलकाताका कप्तान श्रेयस ऐयरले सर्वाधिक ३४ रन बनाएका थिए । ओपनर सुनिल नारिनले २७, आंक्रिस रघुवंशीले २४ र रमनदीप सिंहल १३ रन थपे । कोलकाताका ओपनर फिल साल्ट भने ‘गोल्डेन डक’ भएका थिए ।

चेन्नाईका तुसार देशपान्डे र जडेजाले समान तीन विकेट हात पारे । मुस्ताफिजुर रहमानले दुई विकेट लिँदा महिश थिक्षणाले एक विकेट लिएका थिए ।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा छ । हारका बावजुद कोलकाता भने चार खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro