site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढल्केबरमा मालपोत कार्यालय सार्न लागिएको विरोधमा स्थानीयको प्रदर्शन

काठमाडौं । धनुषाका पाँच पालिकालाई सेवा दिने गरी मिथिला नगरपालिकास्थित ढल्केबरमा मालपोत कार्यालय सार्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । जनकपुरधामको विकासमा अवरोध खडा गर्ने गरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै संघर्ष समिति गठन गरेर त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

मालपोत कार्यालय सार्ने विषयमा आफूहरूलाई जानकारी भएलगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि वास्ता नगरेकाले संघर्षमा उत्रिनुपरेको सो समितिका संयोजक रमण सिंहले बताए । सोमबार प्रदर्शनमा उत्रिएका स्थानीयले मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गरे । उनीहरूले एक घण्टा चक्काजाम समेत गरे ।

०७२ साल असोज १४ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार ढल्केबरमा मालपोत कार्यालय सार्न लागिएको हो । सो कार्यालयबाट धनुषाका धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिनेछ । प्रत्येक पालिकामा सेवा प्रदान गर्ने गरी कार्यालय खोलिए मात्र उक्त निर्णय आफूहरूलाई मान्य हुने संघर्ष समितिले जनाएको छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro