site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउन नागरिक उन्मुक्तिको तयारी, रेशमको राजनीति के हुन्छ ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकार बनाउने गृहकार्य थालेको छ । पार्टीमा रञ्जीता श्रेष्ठ र रेशम चौधरीबीच विवाद देखिएको छ । यद्यपि, रञ्जीता पक्ष हाबी भएसँगै अब नयाँ गठबन्धनबाट सुदूरपश्चिमको सरकार बनाउने तयारीमा लागेको नागरिक उन्मुक्तिका नेता राजेश अधिकारीले जानकारी दिए । 

यसअघि नै नागरिक उन्मुक्तिले सरकार छोडेर आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माणको पहल थाल्ने तयारी गरे पनि रेशमको अडानले केही समस्या भएको उनले बताए । “सत्ता गठबन्धनमा लिखित सहमति भइसकेकाले अब सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा नयाँ सरकार बन्छ । यस विषयमा सत्ता गठबन्धनमा लिखित सहमति नै भइसकेको छ,” अधिकारीले बाह्रखरीसँग भने, “अहिलेसम्म सरकार बनिसक्नेमा अध्यक्ष रञ्जीता श्रेष्ठ र नेता रेशम चौधरीको विवादले रोकिएको थियो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

अधिकारीले रेशम अध्यक्ष बन्ने समयमै महाधिवेशनमा प्रश्न उठाएका थिए । रेशमलाई अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म संरक्षककै भूमिकामा बस्न अधिकारीले आग्रह गरेपछि पार्टीमा विवाद भएको थियो । विवादपछि पनि रेशम नै अध्यक्ष बनेका थिए । निर्वाचन आयोगले अधिवेशन नै रद्द गरिदिएपछि नाउपामा शक्ति संघर्ष सुरु भएको थियो । 

केन्द्रीय संसद्‌बाट रञ्जीताको प्रभाव परेपछि सुदूरपश्चिमको संसद्‌बाट रेशमले नियन्त्रण लिने प्रयास गरेका थिए । त्यहीकारण रञ्जीताले सरकारबाट बाहिरिने निर्णय गरेकी थिइन् तर थप दुई मन्त्रीले कांग्रेस नेतृत्वको सरकारमा मन्त्रीको शपथ लिएका थिए । 

Global Ime bank

सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूमा पहिले रेशम नै अध्यक्ष भएको भ्रमका कारण त्यस्तो भएको र अहिले त्यो भ्रम हटेको अधिकारीले जानकारी दिए । “अध्यक्षले सरकारबाट फिर्ता हुन निर्देशन दिइसकेपछि थप मन्त्रीहरू सरकारमा गएर शपथ लिनुभयो । रेशमजीले कांग्रेस नेतृत्वको सरकार ढाल्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको थियो,” अधिकारीले भने, “अहिले हामीले त्यसरी सरकारमा जाने र बस्नेलाई स्पष्टीकरण सोधेका छौँ । स्पष्टीकरण चित्तबुझ्दो नै आएको छ । हामी हिजो रेशम चौधरीलाई नै अध्यक्ष मानेर कम गर्‍यौँ, रञ्जीताजीले पनि छलफल गर्नु भएन र सरकारमा गयौँ । तर, अब सबै कुरा थाहा भइसकेकाले आगामी दिनमा त्यस्तो हुँदैन भन्ने आएको छ ।” 

उनले रेशमका विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ निर्णायक हुने भन्दै फैसलाले बाटो नखोलिदिएमा उनको राजनीतिक पूर्णविराम हुने बताए ।

उनले वर्तमान सत्ता गठबन्धनका नेताहरूसँग रेशमले उपप्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेताहरूले उनलाई अस्वभाविक रुपमा लिन थालेका थिए । त्यसको प्रतिवादमा रेशमले सुदूरपश्चिममा गठबन्धनबाहेकको सरकार लागि अभ्यास गरेका थिए । “उहाँ नागरिक उन्मुक्तिको जन्मदाता र विचारक हो । स्थापना उहाँले नै गरेको हुँदा उहाँ यो पार्टीबाट सधैँ सम्मानित हुनुहुनेछ,” अधिकारीले भने, “तर, कानुनले नै रोकेको हुँदा सर्वोच्चले फैसलबाट बाटो फुकाएन भने उहाँले सक्रिय राजनीति गर्न पाउनुहुने छैन । त्यसैले उहाँको भूमिका यो पार्टीको विचारकको रूपमा सीमित हुनेछ ।” 

अधिकारीले नागरिक उन्मुक्तिको उपाध्यक्षमा उमेदवारी हालेका थिए । स्थापना कालदेखिनै सात उपाध्यक्षको व्यवस्था रहेको नाउपामा उनले वाग्मती प्रदेशबाट उपाध्यक्षको मनोनयन दर्ता गराएका थिए । तर, रेशमलाई सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म सक्रिय राजनीतिमा नआउन भनेका कारण रेशमले वाग्मतीबाहेकका प्रदेशमा मात्र उपाध्यक्ष बनाएर एउटा उपाध्यक्ष पद खाली राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC