site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनीका मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । महरालाई आइतबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।

महराले आइतबार नै तीन विनाविभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिरिषद् विस्तार गरेका छन् । नेकपा (एमाले)का तर्फबाट चेतनारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट दीपेन्द्र कुमार पुन र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट भण्डारीलाल अहिर विनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।

Argakhachi Cement Island Ad

तीनै मन्त्रीहरूले प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री महराले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । सत्ता गठबन्धनमा धेरै दलको सहभागिता रहेकाले मन्त्रिपरिषद्को आकार केही ठूलो हुन सक्ने बताए ।

मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै प्रदेश सरकारले साझा न्यूनतम कार्यक्रम बनाउनेछ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्