site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले सोलुको अध्यक्षमा बास्तोला
Sarbottam CementSarbottam Cement

सोलुखुम्बु । नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि भारी मतसहित विजयी भएका हुन् ।

उनले २५५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी हर्कबहादुर राईले १२५ मत पाए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, उपाध्यक्षमा आशकुमार राई २७७ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गरे ।

सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, उपसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन् । उपसचिव खुलाका निम्ति पाँच र उपसचिव महिलाका लागि चार उमेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

Global Ime bank

९० सदस्यीय जिल्ला कमिटी चयनका निम्ति ४२० जनाले मतदान गरेका थिए । गएको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि शनिबार निर्वाचन भएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !