site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले शपथ लिँदै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश सचिव निराजन घिमिरेले जानकारी दिए ।  

मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । महरा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्