site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तरहरा–धरान सडकखण्डमा सास्तीबारे मुख्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । कोसी राजमार्गअन्तर्गत तरहरा–धरान सडकखण्ड समयमै निर्माण नहुँदा सर्वसाधारणले खेप्नुपरेको सास्तीबारे सरोकारवालाको  ध्यानाकर्षण गराइएको छ ।

विवेकशील साझा पार्टी कोसी प्रदेश समितिको प्रतिनिधिमण्डलले शनिबार मुख्यमन्त्री केदार कार्कीलाई भेटी निर्धारित समयावधि समाप्त भइसक्दा समेत सो सडकखण्डको निर्माणकार्य पूरा नभएको विषयमा ध्यानाकर्षण गरायो ।

ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले चाँडै सम्बन्धित निकायलाई बोलाएर प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टोलीले प्रदेशको समसामयिक सवालमा मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको थियो । भारतबाट अनियमित तरिकाबाट भित्रिएका कुखुराका कारण नेपाली पोल्ट्री व्यवसायमा परेको नकारात्मक असर नियन्त्रणबारे पनि उनले आश्वस्त पारे ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro