site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रुसमा काम गर्न जानेका लागि श्रम स्वीकृति दिन हतार गर्ने सरकारले ललाइफकाइ रुसी सेनामा भर्ती गरिएका नागरिक फर्काउने प्रयास भने लोलोपोतोमै टारेको छ । युक्रेनविरुद्ध युद्ध मैदानमा खटाइएका नेपाली नागरिकको आर्तनादलाई गम्भीररूपमा नलिएर नेपाल सरकारले चरम गैरजिम्मेवारी देखाएको छ ।  

रुसी सेनामा भर्ती भएका नेपालीको सङ्ख्या सयौंदेखि हजारौंसम्म हुनसक्ने अनुमान गरिएको छ । रुसी सेनामा अवैधरूपमा भर्ती गरिएका ‘नेपालीको जीवन रक्षार्थ अभियान’ का अभियन्ताहरूले  नै ६ सय २० जनाको विवरण सङ्कलन गरेको जानकारी दिएका छन् । अभियानको सम्पर्कमा नआएकाहरूको सङ्ख्या झन् धेरै हुनसक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रुसी सेनामा नेपाली नागरिक भर्ना गर्न मिल्ने कुनै पनि कानुनी आधार छैन । अर्थात्, रुसले अन्तर्राष्ट्रिय प्रचलन र कानुन उल्लङ्घन गर्दै प्रलोभन देखाएर नेपाली नागरिकलाई आफ्नो सेनामा भर्ना गरेको हो । दुर्भाग्य, रुसले यसरी हाकाहाकी बलमिच्याइ गर्दा पनि  नेपाल सरकारले भने औपचारिकरूपमा विरोधसम्म प्रकट गर्न सकेको छैन । 

नेपालका लागि रुसका राजदूतले केही समय पहिले रुसी सेनामा भर्ती भएकाहरू आफूखुसी गएका र सबैको फर्कने चाहना नभएको भन्दै ललाइफकाइ युद्धमा खटाइएका नेपाली युवालाई फर्काउने अनुरोधलाई नै चुनौती दिएका थिए । तर, पनि नेपाल सरकारले त्यसको प्रतिवाद गरेन । 

Global Ime bank

यता रुससँग खासै निकटता नभएको नेपाल सरकारले यस्तो लाचारी र नागरिकप्रति गैरजिम्मेवारी देखाएको छ । अर्कातिर रुसको निकट मित्र भारतका विदेशमन्त्री यस जयशङ्करले भने अवैधरूपमा नागरिक भर्ती गर्ने कार्य स्वीकार्य नहुने सार्वजनिक घोषणा गरेका छन् । यसैबाट पनि नेपाल सरकारको नालायक लाचारी प्रकट भएको छ ।  

विदेशमन्त्री जयशङ्करले भारतका लागि रुसका राजदूतलाई विदेश मन्त्रालयमा बोलाइएको र रुसका लागि भारतीय राजदूतलाई अह्राइएको जानकारी दिएका छन् । भारतको गुप्तचर संस्था केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा अवैधरूपमा मानव ओसारपसारमा संलग्न  गिरोहविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् । 

अब नेपालले पनि नेपाली नागरिकलाई फर्काउन दह्रो अडान राख्ने र रुसले हेपिरहेमा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउनुपर्छ । सत्तारूढ कम्युनिस्टहरूको रुसप्रति विशेष मोह नभए नेपाल सार्वभौम सत्तासम्पन्न राष्ट्र भएको हेक्का राखेर अडान देखाउनुपर्छ । सैद्धान्तिक वा अरू नातामा राष्ट्रको सार्वभौम सत्तामा सम्झौता गर्नु राष्ट्रघात हो ।   

नेपालबाट मानव बेचबिखनमा संलग्न गिरोहले नै ललाइफकाइ रुसको सेनामा भर्ती गर्न नेपाली नागरिकलाई अवैधरूपमा त्यहाँ पुर्‍याएको स्पष्टै छ । त्यसैले नेपाली नागरिकलाई अवैधरूपमा युद्धग्रस्त रुस पुर्‍याउने गिरोहमाथि कडा कारबाही गर्नुपर्छ । सत्तारूढ दलका नेता कार्यकर्ताको गिरोहसँग स्वार्थ जोडिएको छैन भने तत्काल यसमा अग्रसरता देआखोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !