site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बझाङमा कांग्रेस‚ एकीकृत समाजवादीसहित ६ जनाको उमेदवारी दर्ता 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बझाङमा हालसम्म ६ जनाले उमेदवारी दर्ता गराएका छन् । आउँदो वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका निम्ति दिउँसो साढे २ बजेसम्म ६ जनाले उमेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले बाह्रखरीलाई जानकारी दिए ।

उमेदवार दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट दिलबहादुर सिंह‚ जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री र नेपाली कांग्रेसबाट अभिषेक सिंहले उमेदवारी दर्ता गराएका छन् ।

बझाङमा प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर–१ ‘क’ मा उपनिर्वाचन हुँदै छ ।

Global Ime bank

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री समेत रहेका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC