site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा तीनजनाले गरे उमेदवारी दर्ता 

काठमाडौं । बझाङमा हालसम्म तीनजनाले उमेदवारी दर्ता गराएका छन् । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दिउँसो १ बजेसम्म तीनजनाले उमेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले बाह्रखरीलाई जानकारी दिए । 

उमेदवारी दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमी पार्टीबाट गजेन्द्रबहादुर थापा‚नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र नेसनल रिपव्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर रहेको उनले जानकारी दिए ।
 
बझाङमा प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा उपनिर्वाचन हुँदै छ । जसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा बिहान १० बजेबाट साँझ ५ बजेसम्म उमेदवारी दर्ता कार्यक्रम हुने उनले जानकारी दिए ।
 
सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिलामन्त्री समेत रहेका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेको प्रदेशसभा सदस्य पदमा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro