site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीले भने– छिर्के लागेर लडेपछि एमाले चुपचाप बस्दैन, उठेर हमला गर्छ
फाइल तस्बिर ।

पोखरा । पुरानो गठबन्धन भत्किनेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको निरन्तरको वार्ता कांग्रेसले थाहा पाउन सकेन । कांग्रेस आफैँ सहभागी भएको सरकारका प्रधानमन्त्रीको बारेमा थाहा पाउन नसकेको भन्दै कांग्रेसबाट सहभागी मन्त्रीको पनि आलोचना भयो ।

गत वर्ष बनेको कांग्रेस–माओवादीसहितको गठबन्धन फागुन २१ गते भत्कियो । अहिले एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेपछि प्रचण्डले धोका दिएको निष्कर्षमा कांग्रेस पुगेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले प्रधानमन्त्रीलाई धोकेबाजको संज्ञा दिएका छन् । सत्ताबाट बाहिरिएपछि रन्थनिएको कांग्रेसलाई शुक्रबार एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउँदैछौँ भन्नेबारेमा कति महिना पहिले सूचना दिनुपर्ने हो भन्दै व्यंग्य गरेका छन् । एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका ओलीले एमालेविरोधी दक्षिणपन्थी गठबन्धन भत्काइएको जनाए ।

“आन्तरिक र बाह्य दक्षिणपन्थी शक्ति, पुँजीवादी शक्तिहरू मिलेर हाम्राविरुद्धको हमला अत्यन्त तीव्र पारे । र, हामीले जुन परिवर्तन गर्न खोजेका थियौँ, त्यो परिवर्तन, जे गरेका थियौँ त्यसलाई भत्काउन सफल भए,” ओलीले भने, “त्यसपछि उनीहरू उत्सव, खुसीयाली मनाउन व्यस्त भए । एमालेलाई कमजोर पारियो, अब सिध्याइयो भने । फागुन २१ गते रातारात कसैले थाहा नपाइकन यसरी ढाल्न पाइन्छ भनेर कराए । अनि उनीहरूलाई कति महिना पहिला सूचना दिनुपर्ने ? कति दिन अगाडि सूचना दिनुपर्ने ?”

ओलीले एमाले छिर्के लागेर लडेपछि चुपचाप नबस्ने उठेर हमला गर्ने पार्टी रहेको बताए । “जे होस एमालेले आफ्नो तागत फर्किफर्किकन देखाएको छ । एमाले छिर्के लगाएर लडाए भन्दैमा लडियो भनेर चुप लागेर सुत्दैन । यो फेरि उठ्छ र झम्टिन्छ भन्ने थाहा पाउनुपर्छ ।” उनले भने ।

कांग्रेससहितको गठबन्धनलाई उनले खरानीको डल्लोको संज्ञा दिए र यसको विकल्प फुट्नु नै रहेको बताए । उनले भने, “त्यतिबेलाको गठबन्धनलाई मैले भनेको थिएँ, यो खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ भिज्यो भने पनि फुट्छ । जे गरे पनि फुट्छ भनेर मैले भनेको थिएँ । त्यो फुट्नेवाला थियो । फुट्नुको विकल्प नै थिएन । नभन्दै खरानीको डल्लो फुट्यो । एमालेविरुद्धको दक्षिणपन्थी गठबन्धन त्यो तोडियो ।”

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro