site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सामसङको नाफा १० गुणा बढ्यो

काठमाडौं । दक्षिण कोरियाली लेक्ट्रोनिक्स कम्पनी सामसङको नाफा सन् २०२४ को पहिलो त्रैमासिकमा १० गुणा बढेको छ ।

माग घटेपछि चिपको मूल्यमा आएको गिरावट आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बढाउन थालेसँगै कम्पनीको नाफा बढेको हो ।

विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप र टीभी निर्माता सामसङले मार्च ३१ मा सकिएको त्रैमासमा कुल नाफा ४.८९ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरेको हो ।

यो नाफा सन् २०२२ को तेस्रो त्रैमासिकयताकै उच्च हो । कम्पनीको यो नाफा एक वर्ष अघिको तुलनामा ९३१ प्रतिशतले बढी हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्