site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
तेस्रो सातामा ‘महाजात्रा’ : नेपालमा दश करोड १५ लाख ग्रस कलेक्सन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले नेपालमा दश करोड १५ लाख ग्रस कलेक्सन गरेको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्टसले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा दश करोड १५ लाख ग्रस कलेक्सन गरेको निर्माणपक्षले जानकारी दिएको छ । 

पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको चलचित्रले पछिल्लो साता तीन करोड ९० लाख ग्रस कलेक्सन गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चैत ९ गतेदेखि प्रदर्शनरत चलचित्रमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाबीचको मित्रतालाई देखाइएको छ । चलचित्रका निर्देशक तथा लेखक प्रदीप भट्टराई हुन् । 

चलचित्रमा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ । 

Global Ime bank

चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement