अर्थ व्यवसाय
काठमाडौं । सरकारको चालु खाता एक खर्ब ६६ खर्ब ८७ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको यसै अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको फागुन मसान्तसम्म ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता हाल एक अर्ब २५ करोडले बचतमा रहेको हो ।
चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १६:५९
प्रतिक्रिया दिनुहोस्