अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भएको छ । फागुनसम्ममा विप्रेषण आप्रवाह नौ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भएर सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १६:५१
प्रतिक्रिया दिनुहोस्