site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दिल्लीविरुद्ध सहज जितसहित कोलकाता शीर्ष स्थानमा उक्लियो

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध १०६ रनको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार विशाखापट्नमस्थित राजसेखरा रेड्डी रंगशालामा कोलकाताले प्रस्तुत गरेको २७३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १७.२ ओभरमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।

दिल्लीका कप्तान ऋषभ पन्तले २५ बलमा पाँच चौका र चार छक्काको मद्दतसहित सर्वाधिक ५५ रनको योगदान गरे । ट्रिस्टन स्टब्सले ३२ बलमा समान चार चौका र छक्कासहित ५४, डेविड वार्नरले १८ र पृथ्वी शाले १० रन जोडे ।

Dabur Nepal
NIC Asia

कोलकाताका वैभव अरोराले र वरुण चक्रवर्थिले समान तीन विकेट लिए । मिचेल स्टार्कले दुई र आन्द्रे रसेल र सुनील नारायणले समान एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २७२ रन बनाएको थियो । आईपीएल इतिहासमा यो दोस्रो ठूलो योगफल हो ।

रोयल च्यालेन्जर्स बेंगलुरुले सन् २०१३ मा बनाएको कीर्तिमान तोड्दै आईपीएलको यसै संस्करणमा यसअघि सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाएको थियो । २०१३ मा बेंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

कोलकाताबाट आक्रामक रूपमा प्रस्तुत भएका ओपनर सुनील नारायणले ३९ बल समान सात चौका र छक्कासहित सर्वाधिक ८५ रनको योगदान गरे । अनकृष रघुवंशीले २७ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५४, आन्द्रे रसेलले ४१, रिंकु सिंहले २६ रन थपे । कप्तान श्रेयस ऐयर र फिल साल्टले समान १८ रन जोडे ।

दिल्लीका एनरिक नोर्ट्जेले तीन विकेट लिए । इशान्त शर्माले दुई र खलिल अहमद र मिचेल मार्शले समान एक विकेट लिए ।

प्रतियोगितामा लगातार तीन जितबाट ६ अंकसहित कोलकाता शीर्ष स्थानमा उक्लिएको हो । चारमध्ये तीन खेलमा हार व्यहोरेको दिल्ली तालिकाको नवौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro