site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्को ६०औँ वार्षिकोत्सव समारोहमा आज उनले चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे ।

पोखरा रंगशाला, बेलझुन्डी रंगशाला, च्यासल रंगशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले मूलपानी रंगशाला, भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगरको रंगशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको बताए ।

सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए ।

Global Ime bank

पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्ता उपलब्धि हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए  । उनले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्ले ६१ वटा राष्ट्रिय संघहरू निर्क्योल गरेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu