site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आरक्षपीडितको समस्या समाधान गर्न सांसदको माग 

काठमाडौं । नेकपा (एमाले)का सांसद तारा लामा तामाङले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पीडित भएकाको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले ३२ आयोग गठन भए पनि समस्या निराकरण हुन नसकेको बताए । 

“जनतालाई विस्थापित गरेर वन्यजन्तु आरक्ष हुँदै निकुञ्ज भएको छ । त्यो आरक्षबाट विस्थापित जनताको समस्या समाधान गर्न भनेर ३२ वटा आयोग गठन भइसकेको छ । समस्या निराकरण भएको छैन,” तामाङले भने । 

उनले अहिले पूर्वन्यायाधीश राजेन्द्र सुवेदीको नेतृत्वमा आयोग गठन गरे पनि सरकारले स्रोत साधन उपलब्ध नगरेकाले काम सुरु नभएको बताए । “समस्या समाधानका लागि ३१औँ समितिका रूपमा आयोग गठन भएको थियो । त्यसले समस्या पहिचान गरेर वन मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ । ३२औँ आयोग गठन भएर म्याद सकिसक्यो,” उनले भने, “अहिलेको सरकारले फेरि न्यायिक आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्र सुवेदीको नेतृत्वमा गठन गरेको छ भन्ने सुनेँ । स्रोतसाधन नभएकाले काम गर्न सक्दिनँ भनेर मन्त्रालयमा लिखित जानकारी दिनुभएको छ ।” 

उनले अहिलेको आयोगलाई छिटोभन्दा छिटो सुविधासम्पन्न बनाइ निश्चित समयमा सक्ने गरी अख्तियारी दिन सरकारसँग माग गरे । अर्थ मन्त्रालयलाई बजेटको व्यवस्था गर्न आग्रह गरे । कञ्चनपुरको आरक्षपीडित कहिले हात्ती आतंक, जगंली जनावरको आतंकमा पर्नुपरेको सुनाए । त्यस्तै, मध्यवर्ती क्षेत्रबारे जनताले गुनासो गरेकाले समस्या समाधान गर्न आग्रह गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu