विदेश
काठमाडौं । ताइवानमा बुधबार बिहान गएको ७.४ म्याग्निच्युडको भूकम्पका कारण भौतिक संरचना भत्किदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार घाइते हुनेको संख्या ७३६ पुगेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
भत्केका संरचनाहरूमा अझै ७७ जना फसेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । बुधबार बिहान ताइवानमा आएको भूकम्प २५ वर्ष यताकै सबैभन्दा ठूलो भएको बताइएको छ । सीएनएन
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १३:४८
प्रतिक्रिया दिनुहोस्