site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायली हमलामा सहायताकर्मी मारिएपछि वर्ल्ड सेन्ट्रल किचेनद्वारा सहायता रोक्ने घोषणा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वर्ल्ड सेन्ट्रल किचेन संगठनले मंगलबार गाजामा इजरायली हवाई हमलामा सातजना कर्मचारीको मृत्यु भएपछि आफ्नो सहायता कार्य तत्काल निलम्वन गर्ने घोषणा गरेको छ । गैरलाभकारी संस्था किचेनले गाजामा इजरायली सेनाको आक्रमणमा आफ्नो टोलीका सात सदस्यको हत्या भएको पुष्टि गरेको छ । 

इजरायल डिफेन्स फोर्ससँगको समन्वयको बावजुद त्यहाँ खाद्यान्न सहायता अनलोड गरेपछि डेर अल–बालाह गोदामबाट बाहिर निस्कने क्रममा टोलीमाथि आक्रमण भएको बताइएको छ । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले मंगलबार कठिन उद्धार कार्यपछि टोलीले सात कर्मचारीको शव निकाल्न सफल भएको बताएको छ । 

डब्ल्यूसीकेका अनुसार सात कर्मचारी प्यालेस्टाइन, अष्ट्रेलिया, पोल्यान्ड, बेलायत, क्यानडा र संयुक्त राज्य अमेरिकाका रहेका छन् । इजरायलले मंगलबार आक्रमणको जिम्मेवारी लिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय