site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए संविधान अझै प्रतिगामी हुन्छ : प्रचण्ड
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकतामा मात्रै समाजवादको आधार तयार पार्ने तागत रहेको बताएका छन् ।

समाजवादी मोर्चाले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले समाजवादको आधार तयार पार्ने उद्देश्यले नै जोखिम मोलेर सत्ता सहकार्य फेरिएको बताए ।

Dabur Nepal
NIC Asia

आफूले संविधान पूर्ण रहेको कहिल्यै नभनेको पनि उनले बताए । पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए संविधान अझै प्रतिगामी हुँदै जाने खतरा रहेको उनको भनाइ छ ।

“संविधान पूर्ण छ भनेर कहिल्यै भनेका छैनौँ । यो सम्झौताकै दस्तावेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषता पनि छन् । थुप्रै समाजवादका विशेषता पनि छन् । समाजवादी धारा र प्रवृतिका पार्टीले जित्दै जाँदा संविधान समाजवादतिर अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए भने यो संविधान अझै प्रतिगामी हुँदै जाने खतरा छ ।”

संविधानलाई प्रगतिशील धारामा अघि बढ्न एकताका साथ अघि जान जरुरी रहेको उनले बताए । समाजवादीलाई तीव्र गतिमा अघि बढाउन सक्ने देश नेपाल नै भएको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले समाजवाद सडकबाट नै जन्मने पनि बताए । “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो । किनकि जनता सडकमै हुन्छ,” उनले भने, “सडकबाट जनताले जन्माउने हो समाजवाद । पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने हो ।” 

समाजवादको तयारी गर्न सरकार, संसद् र सडकबाट अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले अहिले मोर्चामा रहेका तीन दल सरकारमा रहेको र एक दल सडकमा रहेकाले यो सहकार्य आफैँमा मौलिक रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu