site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यथास्थितिमा क्रमभंग गर्न जरुरी छ : विप्लव 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द्र ‘विप्लव’ले यथास्थितिमा क्रमभंग गर्न जरुरी रहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले जनतातिर फर्कने कानुन संरचना निर्माण गर्नुपर्ने आफूहरूको दृष्टिकोण रहेको सुनाए ।

“यथास्थितिमा क्रमभंग गर्न जरुरी छ । संकट र सम्भावनाको कुरा गरिरहेका छौँ । हामीले कुनै न कुनै तरिकाले क्रमभंग गर्दै जनतातिर फर्कने व्यवस्था, जनतातिर फर्कनुपर्ने संरचना, कानुन, प्रशासन निर्माण गर्दै अघि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।”

उनले समाजवादी मोर्चाले अराजतकता ल्याउँछ कि भन्ने बहस गलत भएको बताए । “बजारमा समाजवादी मोर्चाले अस्थिरता, अराजकता ल्याउँछ कि भन्ने बहस भइरहेको छ । त्यो साँचो होइन । निराशा, पलायन मात्रै पनि साँचो होइन । आजको जस्तो नेपाली समाज स्वतन्त्र इतिहासमा कहिल्यै भएको थिएन,” उनले भने ।

विप्लवले संकटबाट सम्भावना पैदा हुने पनि बताए । निराशालाई जीवनमा बदल्न सक्ने तागत नेपाली विशेषताको समाजवादमा सम्भव भएको उनको भनाइ छ ।

समाजवादी मोर्चामा सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro