site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेत शाखाको सक्रियतामा शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गण्डकी प्रदेशको बेनी नगरपालिका–६, अर्थुङेमा स्थानीय बेनी सञ्जिवनी हेल्थ क्लिनिकसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी कर्णाली प्रदेशको सुर्खेत, बराहताल गिरीघाटमा स्थानीय जीपी मेमोरियल नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा करिब ३०० जना भन्दा बढी व्यक्तिले सेवा प्राप्त गरेका छन् । 

बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । बैंकको वार्षिकोत्सव आउँदो वैशाख ७ गते मनाइने जनाइएको छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement