site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौँ : मन्त्री अधिकारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताएका छन् । सोमबार ६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नपाउने भनिएता पनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताए । मन्त्री अधिकारीले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकारले मात्रै नभइ सहकारी अभियन्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सहकारीभित्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटिबारे खोजी गर्न जरुरी रहेको बताए । सहकारीसँग सरकार, सहकारी र सर्वसाधरण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताए । 

उनले भने, "सहकारी भत्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि कहाँ–कहाँबाट त्रुटि भयो सबैले खोज्न जरुरी छ । सहकारी भनेको सामूहिक भावनाबाट अघि बढ्ने हो भने यसमा सरकार, सहकारी र सर्वसाधरण जोडिएका छन् । त्यसकारण यो सरकारको मात्रै हो भनेर हेर्ने दृष्टिकोण बनाउनु हुँदैन । हाम्रो पनि दायित्व हो । हामीले पनि पहल गर्नुपर्छ भनेर लाग्यौँ भने मात्रै समाधान हुन्छ ।" उनले कमजोरी गर्नेलाई सरकारले कारबाही गरेरै छोड्ने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय