site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार पनि घटेर कारोबार भएको छ । आज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा बन्द भएको हो ।

बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । यस दिन दुई अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा सेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार तीन अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन ८६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ । गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै, माया खोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । सोमबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ । यो समूहको परिसूचक १.१६ प्रतिशतले वृद्धि भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro