site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीपीडितसमक्ष जवाफ दिन प्रधानमन्त्रीलाई सांसदको चुनौती
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी नभएको भन्ने जवाफ सहकारीपीडितसमक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

उनले प्रधानमन्त्री नै न्यायाधीश बनेर सत्ता टिकाउनका निम्ति दोषी नभएको भन्ने जवाफ दिनु संसारमै अनौठो विषय भएको बताए । गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना नगरेको भन्ने जवाफ सत्र सय सहकारीपीडितलाई दिन सक्नुहुन्छ ? भन्दै उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे ।

उनले सहकारीको रकम हिनामिना भएको बारेमा कानुनले तोकेको निकायबाट छानबिन भई जवाफ दिइनुपर्ने बताए ।

“म प्रधानमन्त्रीलाई के भन्न चाहन्छु भने रवि लामिछानेले कुनै सहकारीको रकम हिनामिना गर्नुभएको छैन भन्ने जवाफ सत्र सयजना पोखराका पीडितको बीचमा बसेर बोल्नुहोस् न त,” उनले भने, “यहाँ हाउसमा त कसले के भन्छ र बोल्नुभयो, जानुभयो । सत्र सय पीडितले होइन, उहाँको यहाँ कुनै पनि दोष छैन, संलग्नता छैन भनून् न । त्यहाँ निवेदन परेको छ ।”

उनले छानबिन समितिले दोषी ठहर गरेको खण्डमा कानुनबमोजिम कारबाही भोग्न तयार हुनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro