site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी टिमको कप्तानीमा पुनः फर्किए बाबर आजम 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमको कप्तानीमा पुनः बाबर आजम नियुक्त भएका छन् । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले आइतबार ‘ह्वाइट बल’ क्रिकेटको कप्तानी पुनः आजमलाई सुम्पिने निर्णय गरेको हो । 

“छनोट कमिटीबाट एकमत सिफारिस आएपछि पीसीबीका अध्यक्ष महसिन नाक्वीले बाबर आजमलाई पाकिस्तानी क्रिकेट टिमको ह्वाइट बल (एकदिवसीय र ट्वान्टी–२०) कप्तानमा नियुक्त गरेका छन्,” पीसीबीले एक्समा लेखेको छ । 

KFC Island Ad
NIC Asia

आजमले यसअघि गत वर्षको अन्त्यसम्म पाकिस्तानी टिमको कप्तानी सम्हालेका थिए । तर, भारतमा भएको एकदिवसीय विश्वकपमा टोलीको प्रदर्शन खराब रहेपछि उनले जिम्मेवारीबाट राजीनामा दिएका थिए । 

सोही समय टिममा विभिन्न परिवर्तन गरिरहेको पीसीबीले टेस्ट टोलीको जिम्मेवारी सान मसुद र ट्वान्टी–२० क्रिकेटको जिम्मेवारी साहिनसाह अफ्रिदीलाई सुम्पिएको थियो । तर, अफ्रिदीको कप्तानीमा पाकिस्तानले खेलेको पहिलो शृंखला न्युजिल्यान्डसँग ४–१ ले हारेको थियो । अफ्रिदीको कप्तानीको आलोचना सुरु भएपछि वाहब रियाज, असद सफिक, अब्दुल राजक र मोहम्मद युसुफको टोली छनोट प्यानलले आजमलाई पुनः कप्तानीको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । 

यसअघि सन् २०१९ मा पाकिस्तानी टोलीको कप्तान बनेका बाबरले २०२३ को नोभेम्बरमा जिम्मेवारी छोडेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro