site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानमा हिजबुल्लाहका रकेट र मिसाइल युनिट उपकमान्डर मारिएको इजरायलको दाबी
Global Ime bank

काठमाडौं । हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उपकमान्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ । 

इजरायल रक्षा बल (आईडीएफ)ले यसबारेमा जानकारी गराएको हो । हिजबुल्लाह अधिकारीलाई बाजोरिह क्षेत्रमा गाडीमा सवार हुँदा निशाना बनाइएको थियो । लेबनानी सैन्य स्रोतहरूले इजरायली हमलामा सात हिजबुल्लाह सदस्यहरू मारिएको बताए । जसमा उत्तरी सिरियामा ६ र दक्षिणी लेबनानमा एकजनाको मृत्यु भएको थियो । 

लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच चलिरहेको द्वन्द्वको परिणामस्वरूप लेबनानी पक्षमा ३९५ जनाको मृत्यु भएको छ । जसमा २५४ हिजबुल्लाह लडाकु र ७३ नागरिकहरू छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu