site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हाइकुहरुको संग्रह ‘शाडेनफ्रोएडा’ लिएर उपस्थित भए कवि विप्लव प्रतीक

काठमाडौं । लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु संग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक‘शाडेनफ्रोएडा’  शनिबार साहित्यिक जमघटका बीच विमोचन गरिएको छ ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरुमाझ यसलाई पस्केको घोषणा गरेका थिए ।
समारोहको सुरुवातै विप्लवले उपस्थितहरुको स्वागतमा रचना गरेको हाइकु सुनाएर गरेका थिए ।

पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्महरु समेट्दै अघि बढेको छ भने यसले दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको‘शाडेनफ्रोएडा’  लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ । 

कविता संग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरु छाड्दै आएका विप्लवले सुक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु संग्रह पहिलोपटक पाठकहरु माझ प्रस्तुत गरेका हुन् ।

Global Ime bank

तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिब्यक्ति पस्कन सिकाउने लेखकले बताए ।

यस पुस्तकका अक्षरहरु कम्प्युटरका लिपि नभइ स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित भएकाले पाठकले त्यसको रसास्वादन पनि गर्न पाउनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu